• २०८२ जेष्ठ ३० गते बिहिवार

भारतीय तीर्थयात्रु सवार बस दुर्घटना हुँदा २७ यात्रु घाइते

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

सोमबार बिहान अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस