• २०८२ असार ४ गते बुधवार

कञ्चनजंघा आरोहणका क्रममा २ भारतीयको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, काठमाडौँ । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार आरोहीहरुको बुधबार राति मृत्यु भएको छ । काठमाडौंस्थित पीक प्रमोशन प्रालिका सेल्स तथा मार्केटीङ निर्देशक पासाङ शेर्पाले उनीहरुको मृत्यु भएको पुष्टी गरेका छन् ।

पीक प्रमोशनका अनुसार, कुन्ताल आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र विप्लवको भने आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको हो। त्यसैगरी दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन्। निर्देशक शेर्पाका अनुसार, उनी आरोहण सकेर फर्किने क्रममा चौथो शिविरभन्दा माथीबाट हराएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस