चुनाबमा जनता सामु गरेको बाचा अनुसार सम्रग प्रदेश बिकाशमा लागी परेको प्रदेश सभा सदस्य योगेन्द्र कुमार संग्रौलाले काठमाडौ क्षेत्र नं ६ प्रदेश ख का लागी करिब १६ करोड रुपैया बिनियोजन गरेका छन ।
तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाका केहि भु-भागहरु यस क्षेत्र नं ६प्रदेश ख मा समेटिएको छ । यस क्षेत्र नं ६प्रदेश ख भौगोलिक रुपमा बिगट रहेनुका साथै बिकाशमा समेत अत्यन्त पिछडिएको छ । समग्र प्रदेश बिकाशका निमित संग्रौलाको सक्रिय अगुवाईमा बिनियोजित सो रकम सम्भवत प्रदेशकै ठुलो रकम भएको जानकार बताउछन ।

यस्तो छ बिनियोजित बजेटको योजना
१. काभ्रेस्थली ठाटी चोकबाट कोइराला खोला सिम्लेश्वोर शान्तिधाम,देबिथान हदै जगात सम्म सडक स्तरोन्नती तथा कालोपत्रे – २ करोड
२. काभ्रेस्थली चौर निर्माण – २५ लाख
३. साङ्ला बिहानी चोकदेखी झोर सिमाना जाने बाटो बिस्तार तथा निर्माण – ५० लाख
४. शुद्ध पिउने पानी स्वच्छ बिधालय कार्यक्रम कुन्चिप्वाकल मा.बि – १० लाख
५. जरन्खु पुल चिसापानी तिनपिप्ले सडक स्तोरन्न्ती – ५० लाख
६. खुशी पार्क ९लोकतान्त्रिक चोक – ५० लाख
७. तारकेस्वर नगरपालिका १० खानेपानी योजना – ५० लाख
८. सामुदायिक भवन निर्माण (ता.न.पा ११) – ५० लाख
९. पिपलडाडा चौर खेलकुद मैदान निर्माण तथा जग्गा संरक्षण – ७५ लाख
१०. महाङ्काल कमेरे खोला कुशल चौगाउ बाटो बिस्तार तथा निर्माण – ५० लाख
११. टोखा न।पा ८ र ११मा खानेपानी योजना – ५० लाख
१२.टोखा न.पा मनोहर तिर्थघाट पुल निर्माण वडा नं ८ र ९ – ३ करोड
१३. तारकेस्वर टोखा विष्णुमति पुलबाट छ्न्त्याल चोक,मानसिह स्कुल,न्याय परिषद वासुकी टोल हुँदै फुटुङ जाने सडकको स्तोरन्न्ती तथा कालोपत्रे गर्ने कार्य – २ करोड
१४. बिष्णुमति खोला सडकपुल,घले पुल तारकेस्वर नगरपालिका – २ करोड
१५. बौडेस्वर उच्च मा बि (टोखा १) – २० लाख
१६. ग्रामीण आदर्श बहुमुखी क्याम्पस -१५ लाख
१७. कमेरे खोला नियन्त्रण कार्य (ता.न.पा ६) – २० लाख
विनियोजित रकमको विवरण अखिलका केन्द्रिय सदस्य तथा उक्त क्षेत्रका नेता सुमन कार्की सगको कुराकानीमा आधारित भई तयार पारिएको हो ।