• २०८३ भाद्र १ गते सोमवार

सुर्खेतमा अरुको नाममा प्रहरीको परीक्षा दिने २२ जना नक्कली परीक्षार्थी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा

मंसिर २९, सुर्खेत ।सुर्खेतमा अरुका नाममा प्रहरी जवानको लिखित परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार भैइरहेको प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जनालाई विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको छ ।

प्रहरीले श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम परीक्षा केन्द्रबाट १६ जना, सुर्खेत शिक्षा क्याम्पसबाट ४ जना र इग्रब्रिज माविबाट २ जना पक्राउ गरेको ६. नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी पुर्ण जोशीले अरुको नामबाट परीक्षा दिइरहेको बेलामा पक्राउ गरिएको जानकारी दिनुभयो । डिआइजी जोशीका अनुसार उनिहरु माथि थप अनुसन्धान भइरहेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस