• २०८३ बैशाख २८ गते सोमवार

दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा १ को मृत्यु ३ घाईते

पढ्न लाग्ने समय : १ मिनेट

असोज २८ सुनसुरी,। सोमबार साँझ कोशी गाउँपालिका–४ शिवचोक नजिकै दुई ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । २२ प ८०४९ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको को २९ प ६८५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका ८०४९ नम्बरको मोटरसाइकलका चालक वर्षीय निरीराज गिरीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोही मोटरसाइकलमा पछाडी चढेका फत्तेपुर नगरपालिका–२ का ५० वर्षीय भक्त बहादुर बिष्ट, ७८५३ नम्बरको मोटरसाइकल चालक इनरुवा नगरपालिका–४ का २३ वर्षीय सबिर आलमको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने ७८५३ नम्बरको मोटरसाइकलमा पछाडी चढेका इनरुवा नगरपालिका–४ का ३३ वर्षीय रियाज मियाको जिल्ला अस्पताल इनरुवामा उपचार भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस