• २०८२ साउन ४ गते शनिवार

दाङ ट्राफिकले ग¥यो चाडपर्व नजिकैदै गर्दा ट्राफिक सचेतना अभियानलाई तीव्र 

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

भदौ २९, दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चार्डपर्व नजिकैदै गर्दाट्राफिक सचेतना अभियानलाई तीब्र पारेको छ । जिल्लामा रहेका विभिन्न प्रहरी युनिट र ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्युनिकरण गर्न समुदाय प्रहरी कार्यक्रम मार्फत विभिन्न अभियानहरु अगाडि सारेको छ ।

यता आईतबार अटो र टेम्पो व्यवसायीहरुको संयूक्त भेला तथा प्रशिक्षण कार्यक्रममा तुलसीपुरमा सम्पन्न भएको छ । छहरा यातायात प्रालिका अध्यक्ष गंगाराम वलीको अध्यक्षता तुलसीपुर उपमहानगरपालिकाका कार्यवहाक मेयर सुर्यबहादुर डाँगी(श्याम) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै डांगीले अटो व्यवसायीहरुलाई कानुनि दायरमा ल्याउने बताए । उनले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत तिनपाँग्रे साधनहरुको व्यवस्थापनका लागि कार्यदल निर्माण भएको बताए ।

‘व्यवसायीहरुले पनि व्यवसाय गर्न पाउर्नुपर्छ, तर नियम कानुनको दायरमा सबै आउनुपर्छ उनले भने ।’ उनले अटो व्यवसायीहरुको समस्या समाधानका लागि उपमहानगरपालिका तयार रहेको समेत बताए । त्यस्तै कार्यक्रममा कार्यपालिका सदस्य अम्मर नेपाली माइकलले बजार व्यवस्थापनमा आफुहरु लागेका भन्दै त्यसमा अटोव्यवसायीहरुले पनि सहयोग गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख प्रेम रेग्मीले नियम कानुनको परिधिमा रहेर सवैले आफनो व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । उनले ट्राफिक नियम बिपरित जाने र नियम मिच्ने जो कोहिलाई पनि दाङ ट्राफिक ले कडाभन्दा कडा कार्बाहि गर्ने समेत बताएका छन् ।

त्यस्तै अटो व्यवसायीहरुलाई दुर्घटना न्यूनिकरण, सवारी चलाउदा उपनाउनुपर्ने कुराहरुलगायतका वारेमा प्रशिक्षण समेत दिएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर डम्वरपाल, यातातायत व्यवस्था कार्यालयका ओविन्द्रबहादुर वली, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष नारायणी रजौरे लगायतले सडक तथा ट्राफिक नियम र कानुन सवैले पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस