• २०८३ बैशाख १८ गते शुक्रवार

नेपालगन्जमा बालबालिकाहरुको लागि स्वास्थ्य परीक्षण

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह
भदौ २९, नेपालगन्ज ।  होलिल्याण्ड माध्यमिक विद्यालय नेपालगन्जको न्यूरोडमा अवस्थित स्वास्थ्य परिक्षण तथा परामर्श संस्था ममता होम केयरले विद्यालयमा शिविर सञ्चालन गरि बालबालिकाको स्वास्थ्य परिक्षण गरेको विद्यालयका प्राचार्य प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयमा अध्ययनरत बालविकास कक्षा देखि १० कक्षासम्म अध्ययनरत ८ सय बढी बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ । शिविरमा संस्थामा आवद्ध स्वास्थ्यकर्मीहरु गीता केसी, श्रृजना श्रेष्ठ, निरज चौधरी, सङ्गम चौधरी र धनकला जि.सी.ले स्वास्थ्य परिक्षण गरेको ममता होम केयरकी सञ्चालक ममता योगीले जानकारी दिनुभयो । उहाँका अनुसार, ममता होम केयरले यसअघि नेपालगन्जका अन्य विद्यालयमा समेत बालबालिकाको लागि स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस