• २०८३ बैशाख १८ गते शुक्रवार

बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १० औ वार्षिक साधारण सभा सम्पन्न

पढ्न लाग्ने समय : ४ मिनेट
  • बिनोद दर्नाल, खबर24नेपाल समाचारदाता

भदौ २९, धरान । बराह ग्रुप को ‘बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १० औ वार्षिक साधारण सभा शनिबार धरान को गीता मन्दिरको सभाहल मा सम्पन्न भएको छ ।

 

“हामी सबैको बराह आर्थिक उन्नती को सहारा” भन्ने मुल नाराका साथ बिभिन्न सेवा सुबिधा प्रदान गर्दै आइरहेकोबराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १० औ साधारण सभामा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष मान बहादुर विश्वकर्मा ले १० बर्ष अगाडि आर्थिक रुपमा पछाडि रहेका वर्ग र समुदायहरुलाई आर्थिक कृयाकलापको मुलधारमा ल्याउने र उत्पादन को क्षेत्र मा लगानी गरेर शेयर सदस्य हरुलाई आर्थिक रुपमा सफल र स्वरोजगार बनाउने उदेश्य र परिकल्पनाका साथ यस बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना गरिएको बताउनु भयो । प्रस्तुत प्रतिवेदनमा १ करोड ४३ लाख १६ हजार ९७ रूपैयाँ खुद मुनाफा गर्न सफल भएको जानकारी दिनु भयो ।

१४ महिला र १८ पुरुषको सहभागितामा जन्मिएको बराह बचतको हालसम्मको शेयर सदस्य २५ सय ५४ महिला र १२ सय ७२ पुरुष गरी जम्मा ३५ सय २६ जना रहेका छन् बताउनु भयो । २०७६ असार मसान्तसम्ममा शेयर रकम ६ करोड ५७ लाख ७५ हजार ६ सय रूपैयाँ छ भने शेयर सङ्कलन १ अर्ब, ३४ करोड ५८ लाख ९ हजार ३ सय १८।६१ पैसा रहेको छ भने निक्षेप फिर्ता ९६ करोड ३९ लाख ८१ हजार ४ सय ५८।०६ पैसा देखाइएको छ । संस्थाले २०७६ असार मसान्तसम्म ६० करोड ७३ लाख ६२ हजार ९ सय ४६।९५ पैसा ऋण लगानी गरेको छ भने २०७५/०७६ मा १५ लाख ९० हजार ६ सय ७७।६४ पैसा राज्यलाई कर बुझाएको जनाइएको छ । संस्थाले वर्षेनी लाभांश रकम पनि बढाउँदै लगेको छ देखिएको छ । आर्थिक बर्ष २०७१/०७२ सम्ममा लगानी गर्ने शेयर सदस्यहरुलाई ९ प्रतिशत लाभांश बाँडेको संस्थाले ०७२/०७३ मा १३ प्रतिशत, ०७३/०७४ मा १४ प्रतिशत, त्यस्तै, आ.व. ०७४/०७५ मा १५ र २०७५/०७६ मा १६ प्रतिशत लाभांश बाँडेको अध्यक्ष विश्वकर्मा जानकारी दिनु भयो । यस्तै, जगेडा कोषमा वृद्धि गरी १ करोड २१ लाख ६३ हजार २ सय ५१।६६ पुरयाइएको देखिएको छ । संस्था का अध्यक्ष मान बहादुर विश्वकर्मा को सभापतित्व रहेको कार्यक्रम मा प्रमुख अतिथी जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष एवम् धरान नगर सहकारी विकास समितिका संयोजक नरेश इवारम हुनुहुन्थ्यो । आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथी इवारमले बराह शेयर पुँजीका हिसाबले सुनसरीकै अग्रणी संस्था रहेको बताउनु भयो । उहाका अनुसार ३४००० हजार भन्दा बढी सहकारी लाई शाहआयता गर्न कार्यविधी बन्दै गरेको र स्ठानिय तहलाई नै सहकारीको दर्ता र खारेजी गर्ने अधिकार प्राप्त हुने बताउनु भयो । अब एक घर एक मान्छे एक शेयर पद्दत्ती मा जानु पर्ने मा उहाको जोड रहेको थियो ।

कार्यक्रममा बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने विक, नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीका पूर्व अध्यक्ष ङावालप्टु लामा शेर्पालगायतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । बराह बचत तथा ऋण सहकारी संस्था मा रही धेरै भन्दा धेरै सर्वाधिक निक्षेप संकलनकर्ता बालकुमार राई, दोस्रो बन्ने रमा डुम्जन , तेस्रो बन्ने कमला श्रेष्ठ लाई सम्मान गरिएको थियो । सक्रिय अभियन्ता कल्पना कालिकोटे, विन्जु मगर देववीर बज्राचार्य धरान, दिलकुमारी तामाङ, ज्योत्सना राई, कमला बस्नेत, पेम्लमु शेर्पा , मेनुकादेवी धमला , पुष्पा घिमिरे, सविना बराइली १५, संगीता ताम्राकार लाई पनि सम्मान गरिएको थियो । यस्तै, बराह प्रोत्साहत पुरस्कारबाट फूलकुमारी लिम्बू , दिलबहादुर विक, कमला राई , सङ्गीता थापा मगर लाई सम्मान गरिएको थियो । बराह बचत तथा ऋण सहकारी संस्था स्थापनाकोे शुरुवात कालमा १४ जना महिला र १८ जना पुरुष गरी ३२ जना शेयर सदस्य बाट सुरुवात भयो ।

यस संस्थाले आर्थिक बर्ष २०७६ ७७ को लागि कृषि तथा उत्पादनशिल क्षेत्रमा लगानी गर्ने ,सहकारी कार्य क्षेत्रभित्र सेवा नपुगेको वडामा सेवा केन्द्र साथै मोबाइल काउण्टर संचालन गर्ने उद्देश्य रहेको बाताइएको छ । यो संस्था १० बर्ष पूरा गरी एघारौ बर्षमा पुग्दा शेयर सदस्यहरु ३ हजार ५ सय २६ जना पुगिसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस