अनुभूति केही पाए जस्तो
अनुराग केहि दिए जस्तो
रित्तिन्छ न दियर
न पायर सिद्दिन्छ
अपुग सधै सधैको
अभाब सबै सबैको
भेटिन्न कहि
देखिन्न कतै
मात्र पुर्णिामाको जुन भएर फक्रन्छ
त्यो प्रेमको उज्यालो ।
कसैको गुण र स्वभाव पर्तिको आकर्षण
कसैको चोट र ब्यथा पर्तिको बिकर्सण
न मागेर पाइन्छ
न दियर चाहिन्छ
खै कसरी बस्छ माया
कसरी हुन्छ प्रेम
किन टुट्छ बिस्वास
किन छुट्छ साथ
भोगाइ आ आफ्नै
रोजाइ आ आफ्नै ।
यमुना झै निश्चल
गङ्गा झै पबित्र
दुई आत्माको सम्बन्ध
आस्था र बिश्वास
त्याग र समर्पण
माखेसाङ्लो भै जेलि रहोस मायामा
यो प्रीतको डोरि ।
बिनासित्ती रिसाउछ्यौ कहिले
बिना कारण आँखा चिस्याउछ्यौ जहिले
के त्यही माया हो ररु
तिमी र म बिचको अनुपस्थिती
कतिबेला याद बनेर दर्कन्छ झरी
आखाका कोषहरु बाट
कुनैबेला ब्याध बनेर दुक्छ घाउ
मुटुका च्यापहरु भित्र
दिएर मिठो आभास
बर्सन्छ बादल
ठोकिदै दिलका चुचुरा माथि
यो प्रेमको बर्षात ।
श्याम लामिछाने ता.न.पा.२, काठमाडौं