- सागर थापा/महेन्द्र सिंह (क्राईमबिट)
कात्तिक २८, बाँके । नेपालगन्जमा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अटो रिक्सामा लुकाइराखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँके पक्राउ गरेको हो ।

नेपालगन्ज ४ गणेशपुरबाट डुडुवा ४ का ३१ बर्षिय मेराज अलि इद्रीसीलाई पक्राउ गरिएको पाँच नम्बर प्रदेश वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी नरबहादुर केसीले जानकारी दिनुभएको छ । मेराजको भे १ स ८३२६ नं। को अटो रिक्साबाट प्रहरीले कटुवा पेस्तोल बरामद गरिएकोले उनलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको पाँच नम्बर प्रदेश वरिष्ठ उपरीक्षक एसएसपी केसीले जानकारी दिए। उनका अनुसार अटो रिक्साबाट बरामद भएको पेस्तोल उनकै हो कि अरु कसैले राखेको हो भन्ने बारेमा बिस्तृत रुपमा अनुसन्धान भइरहेको हुँदा सम्पुर्ण विवरण जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीको अनुसन्धान पछी मात्र थाहा हुने वरिष्ठ उपरीक्षक एसएसपी केसीले बताए।