साउन २९, धनुषा । हिन्दु धर्मावलम्बीहरुले मनाउने जनैपूर्णिमा एवम् रक्षाबन्धनको अवसरमा २ नं. प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेका हुन ।
रक्षाबन्धनको अवसरमा २ नं. प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूणिर्माका दिनमा मनाइने रक्षाबन्धन एवम् जनैपूणिर्मा पर्व बिहीवार मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।