- विमल भट्टराई, नवलपरासी
कार्तिक २७, नवलपरासी । नेपाल रेड्क्रस उपसाखा महिला उपसमिती सुनवल ४ रमवापुर नवलपरासीको आयोजनामा महिला उत्थान आर्थिक जिविको पार्जन उन्नतिको लागी ३ दिने करेसाबारी तालिम आजदेखी सुरु भएको छ ।

महिला उपसमिती सम्योजक रुद्र कुमारी कंडेलको सभापतित्व रहेको तालिमको प्रमुख अतिथी सुनवल नगर कृषि प्रमुख सन्तोश कंडेल ,विशेस अथितिमा कृष्ण प्रसाद लामिछाने ,वडा अध्यक्ष विर बहादुर गुरुङ रहनु भयको थियो । तालिममा नर बहादुर खड्काले प्रसिक्षण दिनु भएको छ ।

रेडक्रस सोसाइटी सभापती गोपाल शर्माको स्वागत मन्तब्य रहेको तालिममको उद्घाटन सभापती बाट भयको थियो भने प्रमुख अतिथी सुनवल नगर कृषि प्रमुख सन्तोश कंडेलले शुभकामना मन्तब्य राख्नु भएको थियो