• २०८२ जेष्ठ ३० गते बिहिवार

सरकारी कागजात सच्याई किर्ते गनेहरु लाई आरोप पत्र दायर

पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३०, बाँके । बाँके खासकारकाँदो वडा नं.७ सिट नं.७ कि.नं. २१० क्षेत्रफल ०-५-१३ तथा साविक नेपालगञ्ज नगरपञ्चायत वडा नं.३ को कि.नं.१४ क्षेत्रफल ०-५-१७ र जिल्ला बर्दिया नेउलापुर वडा नं. ७ (क) को कि.नं. १९१ र वडा नं. ९(ख) को कि.नं. ७, ८, ५०, ६१ र ६३ को जग्गा सम्बन्धी सरकारी कागजात सच्याई किर्ते गरिएको हो ।

बिशेष उजुरीको आधारमा अनुसन्धान हुँदा बाँके र बर्दिया जिल्लाका विभिन्न कित्ताको जग्गा प्रतिवादीहरु मध्ये कौशल भन्ने खैरुल हसन अन्सारी समेतले आफुलाइ गैरकानूनी लाभ र नेपाल सरकारलाइ गैर कानूनी हानी पु(याउने बदनियतले मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारहरुलाई अनुचित प्रभावमा पारी आपसी योजना, सहमती र संलग्नतामा बदनियतपूर्ण तबरवाट सरकारी मोठ श्रेस्ता नै फेरबदल गरी सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेरगराउने कार्य गरेको पुष्टि हुन आएको हो ।

आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी सार्वजनिक सम्पत्तिको हानि(नोक्सानी हुने र व्यक्ति विशेषलाइ गैर कानुनी लाभ पु(याउने कार्यमा संलग्न रहेका मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेल, मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराई, नायव सुब्बाहरु रुद्र बहादुर देवकोटा, टंक प्रसाद शर्मा, राम बहादुर खड्का र मान बहादुर के।सी। कम्प्यूटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्यूटर अपरेटर (करार) प्रेम बहादुर चन्द ठकुरी, खरिदारहरु सुशिल रिजाल, संजय कुमार ठाकुर , कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरी ,मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्ण प्रसाद ज्ञवाली, मालपोत अधिकृत राम कुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रविन्द्र बहादुर थापा, खरिदारहरु भुमिराज पोखरेल, किशोर कुमार रिजाल, तुलसी रानी थारु, कम्प्यूटर अपरेटर (करार) लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्य प्रसाद उपाध्याय तथा कौशल भन्ने खैरूल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोवीलाई कानुन बमोजिमको कसुरमा सजायको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस