• २०८१ बैशाख ७ गते शुक्रवार

चार महिनामा दुई लाख विद्युत् ग्राहक थपिए

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २६ काठमाडौँ । ऊर्जा मन्त्रालयसहित विद्युत प्राधिकरणले ग्रामीण विद्युतीकरणलाई तीव्र बनाएपछि नेपाल विद्युत प्राधिकरणले बितेको चार महिनामा करिब २ लाख ग्राहक थपेको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणले पहिलो चौमासिकमा १३ अर्ब ३० करोड विकास बजेट खर्चिएकामा ठूलो हिस्सा विद्युतीकरणमा भएको छ ।

प्राधिकरणका अनुसार असारसम्म ३९ लाख ग्राहक थिए भने सो भनेर हाल करिब ४१ लाख पुगेका छन् । हालसम्म काभ्रे, पर्वत, स्याङ्जा, काठमाडौं, भुक्तपुर पूर्ण विद्युतीकरण भएका जिल्ला हुन् । अत्यन्तै विकट क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सोलारमार्फत विद्युतीकरण गर्ने भन्दै घिसिङले सम्भव भएको स्थानसम्म राष्ट्रिय प्रसारण नै पुर्‍याइने बताए ।

प्रतिक्रिया दिनुहोस