• २०८३ असार १७ गते बुधवार

दोलखामा जेसिबी पल्टिँदा चालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर , २५  दोलखा । दोलखामा जेसिबी पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

बुधबार राति भिमेश्वर नगरपालिका-२ तिखातलमा सडकबाट १ सय मीटर तल खस्दा कालिन्चोक-४ चिउरीखर्कका २२ वर्षीय राजु थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घाइते भएका थामीको उपचारको क्रममा चरिकोट प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

दुर्घटनामा परि कालिन्चोक गाउँपालिका-४ चिउरीखर्क घर भएका चालक २२ वर्षीय राजकुमार थामी, बिगु गाउँपालिका-७ अम्बा टोलका २७ वर्षीय बिजय श्रेष्ठ र भीमेश्वर नगरपालिका-२ का १६ वर्षीय सुमन थामी घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस