• २०८३ कार्तिक १३ गते बिहिवार

बिष्णु बस्यालको (बिबश) गजल “जलाईदिए श्रीमान मर्दा चितामा सती राखेर”

पढ्न लाग्ने समय : १ मिनेट
  • बिष्णु बस्यालको (बिबश)

जुवा खेल्ने पुरुषै हुन खालमा श्रीमती राखेर
जलाईदिए श्रीमान मर्दा चितामा सती राखेर।

आज सम्म देख्नु भएको छ भने देखाइदिनु
कुन नारी जुवा खेलेकिछ दाउमा पति राखेर।

जुन आमाले जन्म दिइन आज उनैलाई हेला
आश्रममा छोड्नु भयो धरौटी खै कति राखेर।

महोदय आफैले आफैलाई महान नसोच्नु है
खरायो नबन्नु कहिल्यै कछुवाको गति राखेर।

थोरै पनि याद छ कि सानोमा बिरामी हुँदाको
कयौं रात निदाइनन् पटुकिमा ओखती राखेर।

रामपुर – ३, पाल्पा हाल – परदेश

Sharing

प्रतिक्रिया दिनुहोस