• २०८३ बैशाख ९ गते बुधवार

हिम श्रेष्ठको गजल ”एक तिहाई भारतिय जनता भेटिन्छ मेरो देशमा”

पढ्न लाग्ने समय : १ मिनेट
  • ✍️हिम श्रेष्ठ

बालुवाटारको सम्पत्ति पनि बेचिन्छ मेरो देशमा
सरकारी सम्पत्ति ब्यक्तिगत राखिन्छ मेरो देशमा

गरिबलाई बिहान खाए बेलुका के खाउँ हुन्छ भने
धन हुनेले त पैसाले इज्जत किनिन्छ मेरो देशमा

प्रजातन्त्र ,गणतन्त्र र लोकतन्त्र नाम मात्रै रहेछ
सरकार द्वारा नै जनताको हक छिन्छ मेरो देशमा

अंगिकृत नागरिकता विधेयक लागु गरे देखि सरकारले
दैनिक बिदेशीलाई नागरिकता बाडिन्छ मेरो देशमा

साच्चिकै नियालेर खोजिनिती नै गर्ने हो भने देखि त
एक तिहाई भारतिय जनता भेटिन्छ मेरो देशमा

व्यास ६ तनहुँ, हाल काठमाडौं

Sharing

प्रतिक्रिया दिनुहोस