• २०८२ असार ४ गते बुधवार

टिप्परको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, सुर्खेत । सुर्खेतमा टिम्परको ठक्करबाट पत्रकारको मृत्यु भएको छ ।


सुर्खेतको भेरीगंगा नगरपालीका वडा नम्बर ८ को लोदेमा टिप्परकोको ठक्करबाट सुर्खेत पहिचान दैनीकका सम्पादक तथा पत्रकार महासंघ सुर्खेत शाखाका सह सचिव नन्दु गेलाङको घटना स्थलमा नै मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी प्रमुख पहरी उपरिक्षक बसत्त रजौरेले जानकारी दिए ।

रुकुम पश्चिमकबाट सुर्खेत तर्फ आउदै गरेको बा ५ ख १६८३ नम्बरको टिप्परले विपरित दिशाबाट आईरहेको पत्रकार गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाईकलालई ठक्कर दिदाँ गेलाङको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस