• २०८३ बैशाख २० गते आइतवार

नेपाल चलचित्र निर्देशक समाजमा खनालको उम्मेदवारी घोषणा

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २५ काठमाडौँ  ।  नेपाल चलचित्र निर्देशक समाजमा अध्यक्ष पदको लागि निर्देशक शेखर खनालले उम्मेदवारी दिनुभएको छ । आगामी २८ गते हुने निर्वाचनको लागि उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

निर्वाचनमा नेपाली क्षेत्रका दिगज हस्तीहरू नेतृत्वको लागी मैदानमा उत्रीएका छन । कार्य दक्षता, निर्णय क्षमता र नेतृत्वक्षमता नभएका कारणले यस अघिका अध्यक्षका टिका टिप्पणी शुरू भैरहेको अवस्था छ ।

यस भीडमा पृथक कार्यक्रम र योजना अघि सारेर चलचित्र निर्देशक समाज वर्तमान का.बा महासचिव समेत रहनुभएका खनालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको हो ।

समाजमा कार्यसमिति सदस्य, सह-कोषाध्यक्ष, सचिव हुदै हाल का.बा. महासचिवको ज़िम्मेवारी निर्वाह गर्दै आउनु भएका उम्मेदवार खनाल नीकै पुराना चलचित्र निर्देशक हुनुहुन्छ । उहाँले २०५८ सालमा होचा-पुड्का मानिसहरूको कथा व्यथामा आधारित नेपाली कथानक चलचित्र सारथीको लेखनर निर्देशन गर्नुभएको हो ।

यता खनालले दर्जनौ राष्ट्रिय, अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्महरू निर्देशन गसिक्नुभएको छ । उहाँ चलचित्र निर्देशक मात्र नभएर चर्चित हास्य टेलिशृंखला झ्याईकुटी झ्याईका लेखकर निर्देशकर कलाकार समेत हुनुहुन्छ । उहाँ भुईकटहर उपनामबाट समेत दर्शकमाँझ परिचित रहनुभएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस