• २०८३ बैशाख १० गते बिहिवार

सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २४ रामेछाप । रामेछापमा सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकल  पछाडि सवार एक जना घाइते भएका छन् ।

मंगलबार बिहान रामेछाप नगरपालिका-८ भंगेरीमा बा १ झ १०७० नम्वरको नेपाली सेना नयाँ गोरखगणको गाडीले  बा ३८ प ३९४८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १४ वर्षका सुशिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइतेभएका १३ वर्षीय रामकृष्ण तामाङलाई उपचारको लागि जिल्ला अस्पताल रामेछाप पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए ।

मोटरसाइकल चालक सिकारु बालक भएका कारण दुर्घटना भएको आशंका गरिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस