• २०८३ बैशाख ७ गते सोमवार

संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई पत्र

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २४  काठमाडौँ । मन्त्रिपरिषदले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।

सोमबार बसेको बैठकले संसदको हिउँदे अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई पत्र पठाएको हो । यसपालि हिउँदे अधिवशेनले नयाँ सभामुख समेत चयन गर्नुपर्नेछ । गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

सभामुख नभएका कारण विधेयक प्रमाणीकरण गर्न बाँकी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस