• २०८२ असार ५ गते बिहिवार

अपराध मुक्त जिल्ला बनाउन समाजमा रहेका गुन्डागर्दी तत्काल नियन्त्रण गर्न प्रहरीलाई DIG :शाहको निर्देशन

पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा,पाँच नम्बर प्रदेश प्रमुख

असर २४,दाङ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसिपुर दाङमा भर्खरै सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले अपराध मुक्त जिल्ला बनाउन समाजमा रहेका सबै खाले गुण्डा गर्दी तत्काल नियन्त्रण गर्न  निर्देशन दिएका छन् ।

मंगलबार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण र निर्देशन गर्ने क्रममा DIG शाहले दाङ जिल्लाहरुमा रहेका सम्पुर्ण फरार अपराधिको खोजतलास र पक्राउ गर्न तत्काल प्रहरी प्रमुखहरुलाई अगाडि बढ्न निर्देशन दिनुभएको छ । दाङ जिल्लामा हाल सम्म पनि केहि फरार अपरधिहरु पक्राउ पर्न सकेका छैनन् । दाङलाई सुरक्षित बनाउने र कानुन भन्दा माथि कोहि छैन गल्ति गर्ने जो कोहिलाई पनि नछोड्न डिआइजी शाहले बताए ।

पाँच नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी शाहले गुण्डागर्दी नियन्त्रण, जुवातास , लागूऔषध, आर्थीक ठगि तथा अपारदर्शिता लाई नियन्त्रण गर्नै कुनै कसर बाँकि नराख्ने बताए । मानव अधिकारको समान प्रत्याभुतिका लागि आफु अगाडि बढ्ने बताए ।  कानुन कार्यान्वयनका लागि पत्रकारहरुलाई सहज सूचना दिने प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्ने डिआइजी शाहको कडा निर्देश रहेको दाङ प्रहरी प्रबक्ता बिनोद बिक्रम शाहले जानकारी दिनुभएको छ

प्रतिक्रिया दिनुहोस