भदौ २३ राजविराज । सोमबार सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा ५५ वर्षीया सूर्यमनीदेवी यादवको मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा यादवको मृत्यु भएको हो ।