भदौ २३ जनकपुरधाम । मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिको समूहले गरेको छुरा प्रहारबाट धनुषाको मिथिला बिहारी नगरपालिकाका वृद्व रामवरण शर्माको ज्यान गएको छ ।
प्रहरीका जनकारी अनूशार घाँटीमा गरिएको छुरा प्रहारबाट गम्भीर घाइते ६५ वर्षीय उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको हो ।शर्मा आइतबार राति तारापट्टि बजारबाट आफ्नो घरतर्फ जाँदै गर्दा छुरा प्रहारको शिकार भएका हुन् । उनीमाथि राति ८ः३० बजेतिर मिथिला बिहारी नगरपालिका ८ कचुरी सडक खण्डमा छुरा प्रहार भएको हो ।जिल्ला प्रहरी कार्यालय, धनुषाले बताएनूशार छुरा प्रहार गर्नेहरुको खोजी भइरहेको ।