गाउँमा सस्तो थियो शहर,महंगो लाग्यो
ढुङ्गा भन्दा बालुवाको घर,महंगो लाग्यो।
ए समय तलाई मैले,बुझ्नै सकिन किन ?
जिन्दगी भन्दा नि दोब्बर,महंगो लाग्यो।
जस्को छोराको रगतले,संघीयता आयो
झन् उसकै बुवा लाई कर,महंगो लाग्यो।
छिराउ भन्सार छिराउ,सडेको भए पनि
दोकानमा गाउँको टमाटर,महंगो लाग्यो।
दुर्गममा गाडी नपुगेर,राहत पुगेन सायद
सरकारलाई घोडा खच्चर,महंगो लाग्यो।
- भूपेन्द्र बि.एम. ‘क्यानभास’ “रुकुम”(पश्चिम)