• २०८३ जेष्ठ १७ गते आइतवार

करेन्ट लागेर दुई बालक घाइते

पढ्न लाग्ने समय : १ मिनेट

असार २३, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा क्रियापुत्री बस्ने घरको छतमा खेल्ने क्रममा करेन्ट लागेर आज दुई बालक घाइते भएका छन् ।

करेन्ट लागेर विदुर नगरपालिका–१ का पाँच वर्षीय दमै नगरकोटी र सात वर्षीय सुजन नगरकोटी घाइते भएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

करेन्ट लागेर दुवै बालक सडकमा खसेका थिए । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस