- सागर थापा/महेन्द्र सिंह
नेपालगञ्ज उपमहानगरपालिका वडा न १० मा लागुऔषध रोकथाम, न्यूनीकरण तथा चेलिवेटी वेचविखन विरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ ।
वडा न १० वडा कार्यालय, समुदाय प्रहरी वडा समितीको आयोजनामा आज समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त शारदा आधारभुत विद्यालय मैदानमा सो कार्यक्रम गरिएको हो । लागु औषध विरुद्धका अभियन्ता, जनप्रतिनीधी, प्रहरी, यूवा, विद्यार्थी, वडावासी लगायतको सहभागितामा रहेको कार्यक्रमका अधिकांस वक्ताले लागुऔषध दुव्र्यसन तथा चेलीवेटी वेचविखन नियन्त्रणमा सामुहिक हातेमालोमा जोड दिएका छन् ।
प्रदेश सभा सदस्य सुरेन्द्र हमालले लागु औषधको कुलतमा नलाग्न दिन सर्वप्रथम अभिभावकनै सचेत र जिम्मेवार हुनुपर्ने बताउनु भयो । उहाँले राज्यको एकल पहलले मात्र लागु औषध र मानव वेचविखन नियन्त्रण सम्भव नहुने भन्दै नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिनु भयो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सामाजिक र कानूनी अपराधका रुपमा रहेको लागु औषध र मानव बेचविखन रोकथामका लागि स्थानीयस्तरमै सचेतना, रोकथाप र उपचारका विधी अवलम्वन गर्नु पर्ने सुझाव दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले प्रहरीले लागुऔषध र चेलीवेटीवेचविखनविरुद्ध कार्यक्रम र अभियान सञ्चालन गरेपनि सबैको समन्वय र सहकार्यले मात्र प्रभावकारिता हासिल गर्ने बताउनु भयो । वडा अध्यक्ष विन्दुभुषण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइराला, संघीय प्रहरी इकाई लागु औषध शाखाका प्रहरी निरिक्षक विर वहादुर थापा, द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल अध्यक्ष जयन्ती केसी लगायतले लागु औषध तथा चेलीवेटी वेचविखनविरुद्ध बोल्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइ बाँके बगयिा उपशाखाका श्याम केसीद्धारा स्वागत गरिएको सोही कार्यक्रममा बासद्धारा लागु औषध विरुद्ध नाटक समेत प्रदर्शन गरिएको थियो ।