अरुकै शासनमा चल्न गाह्रो हुन्छ परदेशमा
तर पनि हजारौ सपना मनले उन्छ परदेशमा
मन नहुदा नहुँदै पनि बाध्यताले पस्दा मुग्लान
जवान छोरा गाउँ घर सम्झिदै रुन्छ परदेशमा
सुनाउदैन उ भोको पेटको काहानी कहिल्यै
खुसी पठाइ घरमा दु:ख जति थुन्छ परदेशमा
डाको छोडी रुन्छिन आमा फोनमा बोल्दा खेरि
आमाको मायाले चिसिक्क मन छुन्छ परदेशमा
साहु ऋण तिर्दा~तिर्दै समय सारा जादा बितेर
धिकार्दै जिन्दगी आँसुले मुहार धुन्छ परदेशमा ।
- बाबुलाल विश्वकर्मा “चुच्चे” लुङ्ग्री गाउपालिका ५ बडाचौर रोल्पा