✍️हिम श्रेष्ठ
तालिम लिई बारिमा राम्रै बाली लाछु
पोहोरको भन्दा धेरै त यसपाली लाछु ।
भित्रे बारी र पात्ले बारी जतासुकै मैले
खनजोत गरिकन नराखी खाली लाछु।
छिर्केमिर्के तारे चम्रे , हल गोरु किनेर
नयाँ जुवा नयाँ हलो नयाँ फाली लाछु ।
लाउन मिल्ने ठाँउमा जति अन्न लाएर
छेउको पखेरामा , घाँसको डाली लाछु।
भर हुन्न मौसमको, बर्षे भेल आउँदा
बाढी पैरो लाग्ला भनी तार जाली लाछु।
तनहुँ हाल अफ्रिका