• २०८२ असार ४ गते बुधवार

मलाई लगाइएको आरोप झुटा हो,बैशाख २० गते तमसुक गराउने अनि २३ गते ठग्यो भन्ने –सागर थापा

पढ्न लाग्ने समय : ५ मिनेट

बैशाख २३,दाङ । पत्रकार सागर थापाले आफुले कसैसंग प्रहरी बनाईदिन्छु भन्दै रकम असुल नगरेको स्पष्ट पारेका छन् ।

थापाले आज एक बिज्ञप्ति जारी गर्दै २०७३ साल बैशाखमा दाङ देउखुरीको मौरीघाटका अनिल चौधरी र मेघराज खड्कासँग प्रहरी बनाइदिन्छु भन्दै प्रति व्यक्ति दुई लाख ५० हजार रुपैँया घुस लगेको भदै पत्रकार सम्मेलन मार्फत दोषरोपन गरेपछि थापाले यस्तो प्रतिकृया जनाएका हुन् ।

“मेघराज खड्का संग पारीवारीक सम्बन्ध भएको उल्लेख गर्दै थापाले दुई परीवारका बिचमा आर्थीक समस्या पर्दा एकले अर्काको गर्जौ टार्ने गरेको बिज्ञप्तिमा उल्लेख गरीएको छ । मेघ राज खड्का लगाएतका व्यक्तिहरुसंग मेरो घरायसी तथा परीवारीक सम्बन्ध काय म रहेको र निजहरुसंग यस अघि पनि विश्वासका आधारमा घर खर्च तथा व्यवहारीक समस्या टार्नका लागि बिना कागज लेन देन हुने गरेको सत्य हो । यसै क्रममा मैले २०७३ सालमा आवस्यक गर्जौटार्न तथा मेरो सासु आमाको उपचारका लागि निज खड्का संग २ लाख ४५ हजार रुपैयाँ प्रचलीत सरकारी व्याज दरमा साँवा तथा ब्याज तिर्नैगरी लिएको ठिक साँचो हो जस्को प्रमाण मैले मिति २०७६ साल बैसाख २० गते मेघराज खड्काका नाममा उल्ल्ेखित व्यक्तिहरुको रोहबरमा ४ महिना भित्र २०७६/०४/२० गते तिर्नैगरी कपाली तमसुक गरीदिएको छु । बैसाख को २० गते तमसुक गर्नै, तिर्ने भाका हुँदा हुँदै ३ दिनको बिचमा पत्रकार सम्मेलन गरी मेरो चरीत्रहत्या गर्नुको पछाडि कस्को के स्वार्थ छ ?” थापाले भने ।

यस्तै थापाले यदि मैले सम्बन्धित व्यक्तिहरु संग प्रहरी बनाईदिन्छु भनेर पैसा लिएको भए प्रहरी मा नाम ननिक्लीएपछि तुरुन्तै एक्सनमा किन गईएन ? यति लामो समय पछि पत्रकार सम्मेलन गरी मेरो चरीत्र हत्यागर्नुको पछाडि कारण के ? भनि प्रतिप्रस्न समेत गर्नुभयो ।

प्रहरीले नै न्याए पाएन भन्दै पत्रकार सम्मेलन गरेको भन्दै थापाले काँस्कि प्रहरीमा कार्यरत अनिल कुमार चौधरी स्वयं उपस्थित भएर आयोजना गरीएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका जिम्म्ेवार व्यक्ति उपस्थित हुनु आफैमा अर्थपुर्ण छ के उनि पनि घुस खुवाएर प्रहरी भएका हुन् यदि हुन् भने उनलाई निलम्बन किन नगर्नै ? बहालवाला प्रहरी कै उपस्थितीमा के पत्रकार सम्मेलन गर्न आवस्यक थियो ? प्रहरी वा अदालत जस्ता न्यायीक निकायहरुमा कीन गईएन ? थापाको प्रस्न छ ।
समाचारमा ममाथी लगाईएको आरोप तथ्यहीन र कपोलकल्पित रहेको छ । अतिरंजित तरीकाले प्रकासीत समाचारमा कुनै सत्यता नभएको र मेरो सार्वजनीक सामाजीक मान प्रतिष्ठा मा आघात पुग्नेगरी लगाईएको आरोप को खण्डन गर्दछु बिज्ञप्तिमा भनिएको छ ।

प्रेस बिज्ञप्ति हेर्नुहोस :

 प्रेस बिज्ञप्ति
आदरणीय सम्पुर्ण संचारकर्मी ज्यूहरु
बिषयः खण्डन सम्बन्धमा

उपरोक्त सम्बन्धमा म सागर थापा को नाम जोडि केही अनलाईन मिडियाहरुमा मेरो चरीत्रहत्यागर्नै उदेस्यले अभिप्रेरीत भई “ पत्रकार सागर थापाले ५ लाख रुपैयाँ ठगी तथा प्रहरी बनाईदिन्छु भन्दै ५ लाख ठगी सिर्षकमा ” प्रकासीत समाचार प्रति घोर आपत्ति प्रकट गर्दछु ।
मैले कसैसंग कुनैपनि समयमा प्रहरी बनाईदिन्छु भन्दै रकम घुस नलिएको स्पष्ट पार्न चाहन्छु ।
आज मिति २३ बैसाख २०७६ मा गरीएको भनिएको पत्रकार सम्मेलन मार्फत मलाई जुन प्रकारको दोषारोपणगरीएको त्यो सरासर भ्रामक र कपोलकल्पित छ ।
मलाई बदनाम गराउने उदेस्यले षडयन्त्रमूलक तवरबाट आएको समाचार को खण्डन गर्नका लागि सम्बन्धित मिडियामा यो खण्डन पत्र प्रेषित गरेको छु ।
जसरी समाचारमा “२०७३ साल बैशाखमा दाङ देउखुरीको मौरीघाटका अनिल चौधरी र मेघराज खड्कासँग प्रहरी बनाइदिन्छु भन्दै प्रति व्यक्ति दुई लाख ५० हजार रुपैँया घुस लगेको आरोप लागेको हो” । भनेर भनिएको छ ।

तलका तथ्यहरुमा बिचार गरौं त ?
१. यदि मैले सम्बन्धित व्यक्तिहरु संग प्रहरी बनाईदिन्छु भनेर पैसा लिएको भए प्रहरी मा नाम ननिक्लीएपछि तुरुन्तै एक्सनमा किन गईएन ? यति लामो समय पछि पत्रकार सम्मेलन गरी मेरो चरीत्र हत्यागर्नुको पछाडि कारण के ?

२. मेघ राज खड्का लगाएतका व्यक्तिहरुसंग मेरो घरायसी तथा परीवारीक सम्बन्ध काय म रहेको र निजहरुसंग यस अघि पनि विश्वासका आधारमा घर खर्च तथा व्यवहारीक समस्या टार्नका लागि बिना कागज लेन देन हुने गरेको सत्य हो । यसै क्रममा मैले २०७३ सालमा आवस्यक गर्जौटार्न तथा मेरो सासु आमाको उपचारका लागि निज खड्का संग २ लाख ४५ हजार रुपैयाँ प्रचलीत सरकारी व्याज दरमा साँवा तथा ब्याज तिर्नैगरी लिएको ठिक साँचो हो जस्को प्रमाण मैले मिति २०७६ साल बैसाख २० गते मेघराज खड्काका नाममा उल्ल्ेखित व्यक्तिहरुको रोहबरमा ४ महिना भित्र २०७६÷०४÷२० गते तिर्नैगरी कपाली तमसुक गरीदिएको छु । बैसाख को २० गते तमसुक गर्नै, तिर्ने भाका हुँदा हुँदै ३ दिनको बिचमा पत्रकार सम्मेलन गरी मेरो चरीत्रहत्या गर्नुको पछाडि कस्को के स्वार्थ छ ?

(तमसुक हेर्नुहोस)


३. काँस्कि प्रहरीमा कार्यरत अनिल कुमार चौधरी स्वयं उपस्थित भएर आयोजना गरीएको पत्रकार सम्मेलनमा नेपाल प्रहरीका जिम्म्ेवार व्यक्ति उपस्थित हुनु आफैमा अर्थपुर्ण छ के उनि पनि घुस खुवाएर प्रहरी भएका हुन् यदि हुन् भने उनलाई निलम्बन किन नगर्नै ? बहालवाला प्रहरी कै उपस्थितीमा के पत्रकार सम्मेलन गर्न आवस्यक थियो ? प्रहरी वा अदालत जस्ता न्यायीक निकायहरुमा कीन गईएन ?

उल्लेखित तथ्यहरुलाई हेर्दा ममाथी लगाईएको आरोप तथ्यहीन र कपोलकल्पित रहेको छ । अतिरंजित तरीकाले प्रकासीत समाचारमा कुनै सत्यता नभएको र मेरो सार्वजनीक सामाजीक मान प्रतिष्ठामा आघात पुग्नेगरी लगाईएको आरोप को खण्डन गर्दछु । र मेरो मानव अधिकार समेत हनन् भएको तथ्य तर्फ सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।
सागर थापा

बिज्ञप्ति :

प्रतिक्रिया दिनुहोस