• २०८३ बैशाख १७ गते बिहिवार

काठमाडौको तारकेश्वर न.पा ०४ शेषमती बाट एक बालक ९ दिन देखि बेपत्ता सक्दो शेयर गरौ

पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २२, काठमाडौ । स्थायी ठेगाना धादिङ जिल्ला सत्यदेवी खनियावाँस भई हाल तारकेश्वर नगरपालिका वडा नं ०४ शेषमती काठमाडौ बस्ने ११ वर्षका नविन रिजाल मिति २०७५ ११ १४ गते दिउसो दुइ बजे शेषमती देखि बेपत्ता भएका हुन् ।

नविन कक्षा ९ मा अध्यानरत बिद्यार्थी हुन् । गहुगोरो बर्णका ५ फिट २ ईन्च उचाई भएका नविन अहिले सम्म सम्पर्क मा नआएको हुदा देख्नु हुने ब्याक्तिले नजिक को प्रहरी कार्यालय वा महानगरीय प्रहरी वृत्त बालाजु (९८५१२८३००६) र प्रहरी कन्ट्रोल १०० मा खबर गरि दिन हुन अनुरोध गरिएको छ ।

अहिले सम्म सम्पर्क मा नआएको भन्दै खोजतलास गरिदिनु हुन भन्दै बेपत्ता बालक कि आमा सिता रिजाल ले महानगरीय प्रहरी वृत्त बालाजुमा निबेदन समेत दिएकी छिन ।

Sharing

प्रतिक्रिया दिनुहोस