• २०८३ जेष्ठ २९ गते शुक्रवार

राहत शिक्षकको माग पूरा गर्न कांग्रेस निकाल्यो विज्ञप्ती

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । आन्दोलनरत राहत तथा बाल विकास केन्द्रका शिक्षकको माग पूरा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ।

आफूहरूलाई स्वत: स्थायी हुने व्यवस्था प्रस्तावित शिक्षा ऐनमा राख्न माग गर्दै दुई दिनदेखि शिक्षकहरू राजधानीमा आन्दोलनमा छन्।
आन्दोलनका क्रममा सोमबार प्रहरीले शिक्षकमाथि अश्रुग्यास, लाठी प्रहार गरेको भन्दै कांग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

प्रमुख सचेतक बालकृष्ण खाँणले निकालेको विज्ञप्तिमा आफ्ना माग पूरा गर्न दबाब दिन शिक्षकले शान्तिपूर्ण आन्दोलन गरे पनि सरकारले दमन गरेकोमा विरोध गरिएको छ।
प्रहरीले महिला शिक्षकलाई दुर्व्यवहार गरेको तथा अन्य शिक्षकमाथि अन्धाधुन्ध बल प्रयोग गरेकोमा कांग्रेसले ध्यानाकर्षण भएको जनाएको हो।

‘शान्तिपूर्ण रूपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकार माथि सरकारले अंकुश लगाउने कार्य गरिरहेको छ। सरकारको निरकुंश चरित्रलाई उदाङगो बनाएको छ,’ कांग्रेसले भनेको छ, ‘अमानवीय घटनाप्रति कांग्रेस संसदीय दल घोर निन्दा र भत्सर्ना गर्दछ।’
सोमबार शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको विरोधमा आज उनीहरूले देशभरमा सामुदायिक विद्यालय बन्द गरेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस