कात्तिक १५, काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला आठ हजार तीन सय रुपैयाँले घटेको हो। आज सुनको मूल्य प्रतितोला दुई लाख ७२ हजार रुपैयाँ कायम भएको छ।

त्यसैगरी आज चाँदीको भाउ पनि प्रतितोला १७५ रुपैयाँले घटेर तीन हजार ६५० रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा लगातार अकासिइरहेको सुनचाँदीको भाउमा उच्च गिरावट आएसँगै नेपालमा पनि त्यसको असर परेको छ । सुनचाँदीको मूल्यमा ठूलो कमी आएपछि खरिदकर्तालाई केही राहत मिलेको छ।