मंसिर १९,काठमाडौँ । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सयले घटेर छापावाला सुन ७२ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।