- धर्म सुनार बाजुरा संवाददाता
भाद्र १९, बाजुरा । बाजुराको बुढिनन्दा नगरपाकिला कोल्टी बजारमा जिल्ला हलिया मुक्ति समाज बाजुराले बजार आशपासका क्षेत्रमा सरसफाइ गरेको हो । ११ औँ मुक्त हलिया दिवसको उपलक्ष्यमा जिल्ला हलिया मुक्ति समाज बाजुराको आयोजनामा पीसवीन बाजुरा र हलिया महासंघ डडेलधुराको सहयोगमा सरसफाइ गरिएको हो ।

हलियाको ११ मुक्त हलिया दिवसको अवसर पारी जिल्ला हलिया मुक्ति समाज बाजुराका कार्य समितिहरु सवै मिलेर सरसफाइ कार्यक्रम गरेको जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालविर सार्किले बताए ।
बजारलाई फोहोर व्यवस्थापन गर्न नगरपालिकाले खासै ध्यान नदिएको फोहोरलाई बटुल्याहो भने जताततै फोहोरै फोहर देखिएको, र बजार दुर्गन्ध भएको अध्यक्ष सार्किले बताए ।

सरसफाइमा महिला, परुष जिल्ला हलिया मुक्त समाज बाजुराका अध्यक्ष लालविर सार्कि, उपध्यक्ष हिक्मत वर्ड, कार्य समितिका सदस्याहरु, पीसवीन बाजुराका कर्मचारी, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सहजकर्ता सन्तोस वि.क., जिल्ला हलिया मुक्त समाज संयोजक जयलाल वि.क., पत्रकार सहित सरसफाइ कार्यक्रममा सहभागी भएका थिए ।