कात्तिक १८, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी)को सन् २०२१को आवेदनको म्याद भोलि नोभेम्बर ५ को राति १०ः४५ बजेबाट सकिने भएको छ । आवेदन एक महिना अघिदेखि खुलेको थियो ।

यसपालि आवेदनका लागि राहदानी पनि अनिवार्य चाहिने व्यवस्था गरिएकाले राहदानी बनाउनेहरुको भीड सम्बद्ध कार्यालयमा लागेको थियो । अमेरिकी दूतावासले अमेरिकी विदेश मन्त्रालयको वेवसाइटमा गएर सोझै आफैंले डिभी भर्न सकिने जनाउँदै निःशुल्क रुपमा आवेदन दिन सकिने र कन्सल्टेन्सीमा जानु जरुरी नरहेको भन्दै सूचित गरेको छ ।