• २०८३ बैशाख १४ गते सोमवार

संविधान दिवसको विरोध गर्ने ‘राजपा’

पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८ काठमाडौं । सरकारले संविधान जारी भएको असोज ३ गतेलाई भव्य रूपमा मनाउने तयारी गरिरहेका बेला राष्ट्रिय जनता पार्टी नेपाल( राजपा ) ले संविधान दिवसको विरोध गर्ने  अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले संविधान संशोधनको मुद्दा सम्बोधन नभएकोले संविधान दिवसको देशैभर विरोध गर्ने निर्णय गरेको हो।‘

संयोजक यादवले जारी गरेको विज्ञप्तिमा संविधान संशोधनको मुद्दा सम्बोधन नभएकोले राजपा नेपालले विगतमा संविधान जारी भएको मिति असोज ३ गतेलाई विरोध दिवसको रूपमा मनाउँदै आएकोमा सो कार्यलाई निरन्तरता दिँदै असोज ३ गते देशव्यापी विरोध दिवस मनाउने निर्णय भएको उलेख्ख गरीएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस