• २०८३ बैशाख १० गते बिहिवार

वडा अध्यक्षद्धारा विकास निमार्णको काममा अनियमितता

पढ्न लाग्ने समय : २ मिनेट
असार १९, बारा । महागढीमाई नगरपालिका वार्ड नं. ६ बाराका निर्वाचित वडा अध्यक्ष रामजी प्रसाद बरै माथि आज अख्तियारले आरोप पत्र दायर गरिएको छ ।
महागढीमाई नगरपालिका वार्ड नं ६ बाराका निर्वाचित वडा अध्यक्ष रामजी प्रसाद बरैले सांसद विकास कोषबाट आएको रकमबाट विद्यालयको कम्पाउण्ड वाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नु पूर्व विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस लिएका हुन ।
घुस रकम माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले वडा अध्यक्ष रामजी प्रसाद बरै र सोही नगरपालिकाको वडा नं. ६ का मुसहर बैठालाई सेवाग्राहीसँग रु. २,७५,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
वडा अध्यक्ष रामजी प्रसाद बरैले सेवाग्राहीलाई नेपाल राष्ट्रिय मा. वि. को पर्खाल निर्माणको गर्नको लागि गठन हुने उपभोक्ता समितिको अध्यक्ष बनाईदिने यदी अध्यक्ष बनाउन नसकेमा उक्त निर्माण कार्य निज सेवाग्राहीबाटै गराउने भन्ने बहाना बनाई घुस लिएको पुष्टि हुन आएको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वडा अध्यक्ष रामजी प्रसाद बरैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स प्रमाण पुष्टि भएकोले उनलाई विगो रु. २,७५,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस