• २०८२ जेष्ठ ३२ गते शनिवार

दाङमा स्वतन्त्र पत्रकार संघ नेपाल गठन अध्यक्षमा गौतम चयन

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

फाल्गुन २०,दाङ । दाङमा स्वतन्त्र पत्रकार संघ नेपाल दाङको अध्यक्षमा भुुवन गौतम चयन हुुुनुुभएको छ । संघको हिजो आइतबार घोराहीमा भएको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा अनिल अधिकारी, सचिवमा जितसागर जीएम, सहसचिवमा कमला शर्मा, कोषाध्यक्षमा शरद रिजाल चयन हुुुनुुभएको छ । त्यस्तै संघको सदस्यहरुमा अंकित डिसी, कृष्ण चौधरी, उदिराम चौधरी, पनिता दहाल रहनुुभएको छ ।

अधिवेशनले केन्द्रीय पार्षदमा केबि मसाल, बंशिकुुमार शर्मा र मदनकुुमार आचार्यलाई चयन गरेको छ । त्यस्तै प्रदेश पार्षदमा बिष्णुुकुुमार देवकोटा, सन्तराज भट्ट र सुुनिलकुुमार देवकोटा चयन हुुनुुभएको छ । यसैबिच स्वतन्त्र पत्रकार संघ नेपाल दाङको प्रथम साधारणसभा तथा अधिवेशन हिजो आइतबार घोराहीमा भएको छ । संघका अध्यक्ष भुुवन गौतमको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुुल पोखरेलको प्रमुुख आतिथ्यतामा प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुुख अतिथि पोखरेलले राज्यले मिडिया तथा पत्रकारलाई फराकिले दृष्टिकोणले हेर्न नसकेको बताउनुुभयो । उहाँले पत्रकार र मिडियाले राज्यलाई सहयोग गरेको भएपनि राज्यले पत्रकारिता जगतलाई सहयोगमा कन्जुुस्याँई गरेको बताउनुुभयो । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउन सकेमात्रै सत्य तथ्यखबर बाहिर आउने बताउनुुभयो ।

कार्यक्रममा संघका केन्द्रीय महासचिव नवराज पहाडी, केन्द्रीय कोषाध्यक्ष बिरेन्द्र पाण्डे, केन्द्रीय पार्षद डिआर सुमन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाल प्रेस युुनियनका अध्यक्ष सन्तोष सुुवेदी, नेपाल प्रेस युुनियनका केन्द्रीय सदस्य शुुलोचना गौतम, राप्रपा दाङका अध्यक्ष नरेशजंग राना, नेपाल तरुण दलका अध्यक्ष टिका घर्ती, पत्रकार निरजा पोखरेल, मिना गिरीले बोल्नुुभएको थियो । कार्यक्रमको सहजीकरण अनिल अधिकारीले गर्नुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस