• २०८३ बैशाख १४ गते सोमवार

नेपालगञ्जको गणेशपुरमा एक युवकको शव फेला

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

मंसिर १७, बाँके । नेपालगन्जको कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी एक ३१ वर्षका रत्न शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीलले जानकारी दिएका छन।

शाहीको हत्या गरिएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शवं कुहिएको अवस्था रहेको बताइएको छ ।

स्थानीयबासीले भने उनको कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस