कात्तिक १७, पोखरा । पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत पोखरा महानगरपालिकाको वडा नं २९ मा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु भेटिएपछि राजमार्गमा केही समय सवारी आवागमन समेत रोकिन पुग्यो ।

अहिले भने शंकास्पद वस्तु भेटिएको क्षेत्रलाई सिल गरेर सवारी सुचारु गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
आईतबार बिहान साढे १० बजे बाटोमा शंकास्पद वस्तु भेटिएको थियो । अहिले नेपाली सेनाको टोली घटनास्थलमा पुगी डिस्पोजलको प्रक्रिया अगाडि बढाएको छ ।