• २०८३ बैशाख १२ गते शनिवार

बारामा पटकपटक आफ्नै बाबुले छोरीलाई बलात्कार

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक , १७  बारा । जिल्लाको कोल्हवी नगरपालिका निवासी एक बाबुले पटकपटक आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बुवालाई पक्राउ परेका छन् ।

आफनै २२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अन्दाजी ४० वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो । पीडित युवतीको अनुसार बुवाले पहिलादेखि नै पटकपटक जबरजस्ती करणी गर्दै आएका थिए ।

बिवाहपछि घरमा झगडा भई माइतीको शरणमा आएकी ती युवतीलाई बाबुले डर त्रास देखाएर बलात्कार गर्दै आएको प्रहरीको भनाई छ ।

KHABAR24NEPAL

Sharing

प्रतिक्रिया दिनुहोस