.(सागर थापा)
असोज १५ , दाङ ।अब देखि दाङमा पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको संख्या बढ्दै थालेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न ठाउँमा गर्ने चेकजाँचमा दिउदै मादक पदार्थ सेवन गरेर सवारीका साधन चलाउनेलाई जरिवाना सहित जोखिम र क्षतिका बारेमा प्रशिक्षण दिन थालेको छ । पछिल्लो समयमा हुदै आएका अधिकांश सवारी दुर्घटना मादक पदार्थ सेवनकै कारण भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले दैनिक १० जना बढी चालकलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको अबस्थामा फेला पार्दै आएको छ । उनिहरुलाई एक हजार रुपैयाँ जरिवाना र एक घण्टाको प्रशिक्षण दिने गरेको दाङ ट्राफिकका सूचना अधिकारी ट्राफिक प्रबक्ता उत्तम जिसीले जानकारी दिनुभएको छ ।
साथै मादक पदार्थ सेवन गरेर गाडी चलाउनेको प्रहरीले रेकर्ड समेत राखेको जनाएको छ । मादक पदार्थका नशामा लठ्ठीएर सवारीका साधन चलाउदा निकै डरलाग्दा दुर्घटनाहरु भएको भन्दै उहाँले जाँच अभियानलाई कडाईका साथ लैजाने बताउनुभयो । घोराही, तुलसीपु र लमही क्षेत्रमा व्रेथलाईजर मार्फत मादक पदार्थ सेवनको जाँच गर्न सुरु गरेको उहाँको भनाई छ । साथै प्रहरीले चालकहरुलाई ट्राफिक नियमको अनिवार्य पालना गर्न आग्रह समेत गरेको छ ।
सिमित गतिमा सवारीका साधन चलाउने, मादक पदार्थ सेवन नगर्ने, गाडीको अबस्थालाई चुस्त राख्ने, अनिवार्य आबस्यक कागजपत्र बोक्ने, सिट र क्षमता अनुसार यात्रु तथा सामान बोक्न प्रहरीले आग्रह गर्दै आएको दाङ ट्राफिक प्रहरी प्रमुख प्रेम प्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।