• २०८३ भाद्र १ गते सोमवार

विश्व पोखरेल एक्लै बढुवा हुनुको पछाडी भोलि कुनै बेला आइजीपी बनाउने खेल त हैन ?

पढ्न लाग्ने समय : ६ मिनेट
  • राधाकृष्ण देउजा

हिजो नेपाल प्रहरीको डिआइजी बढुवा संगतिपूर्ण भएन भनेर स्वतस्फ्रुत धारणा राख्दा कतिपयले त्यो अभिव्यक्तीलाइ वढुवा भएका विश्वराज पोखरेलसंग मेरो व्यक्तिगत सम्वन्ध राम्रो रहेनछ कि त्यसैले लेखेको हो कि भन्ने ढंगले बुझेको , अनि कतिपयले चाहिं बढुवामा छुटनेहरुसंग चाहिं मेरो घनिष्ठता पो रहेछ कि भन्ने झैं मानेको पाइयो । मलाइ पठाइएका मेसेजहरुको अध्यन र विश्लेषणको निष्कर्ष हो यो मेरो , तर ति दुवै आशंकाहरु केवल आशँका थिए तथ्य थिएनन । तर जव आफ्नो नितान्त व्यक्तिगत धारणालाइ यो वा त्यो ढंगले ब्याख्या विश्लेषण भएपछी त्यसको बारेमा आफ्नो प्रष्टीकरण राख्नु बान्छनीय हुने ठानेर केहि लेख्नै पर्ने भयो ।

हिजो भएको डिआइजी बढुवालाइ संगतिपूर्ण नदेख्नुको निम्न कारण छन ।

१. प्रहरीकै कतिपय अधिकृतहरु आफु अनकुल वरियताको ब्याख्या गर्छन र वरियताकै आधारमा अर्को बढुवामा आफुलाइ सुरक्षित राख्न खोज्छन तर एकै दिन भएको वढुवाको कथित वरियताको कुनै अर्थ छैन र हुनु हुदैन , किन ? किनकि अक्सर वरियता तत्काल शक्तीमा रहेकाहरुसंगको निकटताले तय गर्छ , तसर्थ बढुवाको समयमा कथित वरियता हैन सम्वन्धित पदमा रहेर गरेको काम र त्यसको परिणाम अनि समग्र जागिरे जीवनको इमान्दारिताको आधारमा मापन गरिनु पर्छ । तर वरियता र वरिष्ठताको विचमा चाहिं अन्तर हुनुपर्छ , सेवा प्रवेश देखि वढुवासम्म अगाडी रहेका अनि कुनै खतवात नलागेका कोहि बाँकी हुँदै सेवा प्रवेशमै पछाडी रहेकालाइ बढुवा दिने काम चाहिं किमार्थ उचित थिएन र हैन ! यस अर्थमा प्रष्ट रुपमा भन्दा अहिले डिआइजी बढुवा गर्दा एसएसपी विश्वराज पोखरेललाइ भन्दा एसएसपी बिरेन्द्र श्रेष्ठलाइ दिनु न्यायोचित हुन्थ्यो भन्ने मेरो भनाइ हो l यहाँ स्मरणीय र मननीय कुरो के पनि छ भने म उल्लेखित दुवैजनालाइ चिन्दिन, बरु बढुवा हुने विश्व पोखरेललाइ त एकपटक देखेको होला तर विरेन्द्र श्रेष्ठलाइ त देखेको पनि छैन।

अहिलेको बढुवामा विश्व पोखरेल एक्लै बढुवा हुनु वा गरिनुको पछाडी भोलि कुनै बेला आइजीपी बनाउने समयसम्मलाइ हेरिएको छ। ठिक छ , विश्वराज पोखरेल आफुलाइ प्रमाणित गर्दै , अझै राम्रो काम गर्दै एकदिन संगठनको नेतृत्व गर्नेमा पुगुन तर के त्यसो गर्न प्रहरी लगायत सवै सुरक्षा निकायको निम्ती महत्वपूर्ण हुने वरिष्ठतालाइ मिच्नु पर्थ्यो त ? के उनले आफ्नो ब्याची प्रतिस्पर्धी अन्य एसएसपी सहित बढुवा हुँदा उनको आइजीपी हुने सम्भवनानै बन्द हुन्थ्यो त ? के यसरी एक्लै बढुवा गरिनुले उनि वा प्रतिस्पर्धामा खरो उत्रिन डराउने रहेछन भन्ने सन्देश गएन त ?

२. अनि सवैले बुझेको तथ्य के हो भने अहिलेको बढुवामा विश्व पोखरेल एक्लै बढुवा हुनु वा गरिनुको पछाडी भोलि कुनै बेला आइजीपी बनाउने समयसम्मलाइ हेरिएको छ। ठिक छ , विश्वराज पोखरेल आफुलाइ प्रमाणित गर्दै , अझै राम्रो काम गर्दै एकदिन संगठनको नेतृत्व गर्नेमा पुगुन तर के त्यसो गर्न प्रहरी लगायत सवै सुरक्षा निकायको निम्ती महत्वपूर्ण हुने वरिष्ठतालाइ मिच्नु पर्थ्यो त ? के उनले आफ्नो ब्याची प्रतिस्पर्धी अन्य एसएसपी सहित बढुवा हुँदा उनको आइजीपी हुने सम्भवनानै बन्द हुन्थ्यो त ? के यसरी एक्लै बढुवा गरिनुले उनि वा प्रतिस्पर्धामा खरो उत्रिन डराउने रहेछन भन्ने सन्देश गएन त ? माने पनि नमाने पनि यो वढुवाले एक्लै दौडिएर वा दौडाएर प्रथम बन्ने बनाउने शैलीलाइ बढावा दिएको छ , भलै भोलिको दिन परिस्थितीले कुन मोड लिन्छ त्यो त हेर्न बाँकी नै छ । तर पनि नेतृत्व लिन्छु भन्नेले वा कसैलाइ नेतृत्वमा पुर्याउँछु भन्ने ठान्नेले प्रतिस्पर्धाबाट भागेर वा त्यसलाइ छलेर हैन त्यसको सामना गर्न तयार भएर अगाडी बढ्नु पर्छ तर हिजोको वढुवाले त्यस्तो भए गरको देखाउदैन ।

३. प्रहरी वा जुनसुकै सुरक्षा संगठनमा पनि ब्याच सिस्टम छ र त्यो आवश्यकताकै आधारमा छ । बढुवा हुँदा पनि प्रत्यक ब्याचका उम्दाहरु समय समयमा बढुवा हुँदै आएका छन् तर हिजो जस्तो एक्लै बढुवा विरलै भएका छन । हो रिक्त रहेको तिन महिना भित्र बढुवा गर्नै पर्ने सम्मानित अदालतको आदेश छ , त्यसको पालना हुनुपर्थ्यो , त्यसो गरियो पनि , त्यो राम्रो भयो तर त्यसो गर्दै गर्दा सेवा प्रवेशमै अगाडी रहेका विरेन्द्र श्रेष्ठलाइ दिएर बढुवा गरको भए त्यो स्वाभाविक हुन्थ्यो । फेरी अहिले बढुवा नहुँदा विश्वराज पोखरेल सहित उनका ब्याचीहरु त बढुवा भै हाल्ने थिए , ढिला वा चाँडो अनि योग्यता , क्षमता हुँदा त दशौँ जनाको विचबाट पनि एकजना प्रहरी प्रमुख हुनेनै भए , त्यसो हुँदा विश्व पोखरलेनै स्वाभाविक रुपमा , आलोचना र असन्तुष्टि रहित ढंगले स्वाभाविक रुपमै आइजी हुने सम्भावना जीवित रहन्थ्यो नै ।

४. अव यस एकल वढुवाले अहिले मात्रै हैन भविष्यमा पनि समस्या ल्याउने पक्का छ , किन ? किन भन्दा अहिले वढुवा भएर डिआइजी भएका विश्वराज पोखरेलसंगै सेवा प्रवेश गरेका , एसएसपीसम्म संगै बढुवा भएकाहरु पनि केहि समय पश्चात डिआइजी हुनेछन अनि जव त्यसभन्दा माथिल्लो तहमा बढुवा हुने कुरा आउँछ तव उनिले आफुलाइ स्वाभाविक र एक्लो दावेदार मान्ने अवस्था आउनेछ भने उनका अन्य ब्याचमेटले उनलाई प्रतिस्पर्धा रहित हुन त पक्कै दिनेछैनन ! सेवा प्रवेशमै अगाडी रहेका खतवात रहितलाइ पछाडी पारेर अगाडी बढुवा हुन मिल्छ भने एकै दिन सेवा प्रवेश गरेका समग्रतामा उस्तै योग्यता , क्षमता राख्ने भन्दा अग्रतामा रहेर बढुवा हुन खोज्ने वा हुने विषयलाइ अन्यथा मान्न मिल्नेछैन तर यो मेरो टिप्पणी फेसबुकमा सुरक्षित नै हुँदै बढुवा हुँदा एक्लै भएकालाइ पछाडी पार्न कहाँ पाइन्छ ? भन्ने आवाज उठने उठाइने छन , भलै त्यसको सुनुवाई हुने नहुने समयको जिम्मामा ।

५. माथि उल्लेखित विषयहरु सैद्धान्तिक भए , त्यो विश्वराज पोखरेल नभएर उनकै व्याची र क्षमताको अरु कोहि हुँदा पनि उत्तिकै महत्वकासाथ उठ्ने थियो र सान्दर्भिक हुने थियो l अव स्वयँ विश्वराज पोखरेलले पनि मनन गर्नु पर्ने र भविष्यमा हेक्का राख्नु पर्ने एउटा विषय छ । प्रहरी संगठन भनेको एउटा अनुशासित संगठन हो , चेन अफ कमाण्डमा चल्नु पर्ने संगठन हो , त्यहाँ कार्यरत जो कोहिले संगठनले खटाएको जिम्मेवारीमा जानुपर्छ , र प्रहरीको वीरतापूर्ण इतिहास हेर्दा संगठनले दिएको जिम्मेवारी हाँसी हाँसी पालना गर्दै गर्दा थुप्रैले वीरगति पाएका छन तर केहि समय अगाडी एसएसपी विश्वराज पोखरेल भारत स्थित नेपाली दुतावासमा सरुवा भएको हामी जस्ता सर्वसाधारणले पनि पढेको थियौं तर विश्वराज पोखरेल खटाएको ठाउँमा नगएर , त्यहाँ नजानको निम्ती लविङ्ग गर्दै हिँडेको भन्ने समाचार दुखका साथ् पढ्नु पर्यो , पछि त थाहा भयो वहाँ जान नमाने पछि त्यहाँ अर्कै एसएसपीलाइ पठाइएछ l विश्वराज पोखरेल साब वा वहाँलाइ माया गर्नेहरुले लाख तर्क गरेर यसको वचाउ गरुन तर त्यो कदम उनको व्यवसायिक परिचय र भविष्यको दावी सुहाउँदो थिएन ।

खैर जे होस, जे हुनु भैसकेको छ , बढुवा हुनेलाइ बधाई अनि आगामी दिनमा भए रहेका गल्ती कमजोरी सुधार्दै , रहेका सकारात्मकतालाइ रक्षा गर्दै , प्रतिस्पर्धा भित्रको खतरालाइ हेर्नु भन्दा त्यसभित्र पनि खोज्न सकिने भाइचारा र सहकार्यलाइ हेर्न सुझाव l अनि जो सेवा प्रवेशमै आफु भन्दा पछाडी रहेकाहरु भन्दा पछाडी परे उनलाइ “कसैको सहयोग , आशिर्वाद वा निगाहमा प्राप्त ठुलो पद भन्दा आफ्नो स्वाभिमान बचाउँदै आफ्नो क्षमताको आधारमा प्राप्त सानै पदको गरिमा ठुलो हुन्छ” भन्ने सत्य स्मरण गर्न अनुरोध ।

यो लेख लेखकको निजि विचार हो । लेखक हाल अमेरीकामा हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस