वैशाख १९, काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले सूर्यविनायक नगरपालिका ६ सूर्यविनायक चोकबाट शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गरी बुधबार राति चितुवाको छाला र भालुको पित्तसहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर भिमफेदीका ४० वर्षीय आनन्द तामाङ, आखेलढुंगाका २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौताराका ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोरका ३४ वर्षीय रत्नबहादुर माझी र सिन्धुलीकै विष्णुबहादुर माझी छन् ।
उनीहरुको साथबाट २ थान चितुवाको छाला छाला र भालुको पित्त बरामद गरेएको हो । उनिहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस