• २०८२ जेष्ठ ३२ गते शनिवार

चन्द्रागिरिमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज १५,काठमाडौं । चन्द्रागिरिमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

थानकोटबाट कलङ्की आउँदै गरेको बा २६प ४९०३ नंको मोटरसाइकललाई बा३ख ३८१७ नंको टिपरले ठक्कर दिँदा चितवनका २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काका अनुसार चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलको बागेश्वरीमा ठक्कर दिँदा अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलका ४१ वर्षीय टीकाबहादुर बाँनिया गम्भीर घाइते भएका छन् । उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको छ ।

मोटरसाइकल बाँनियाले चलाएका थिए । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस