- सागर थापा/महेन्द्र सिंह
साउन १७, बाँके । नेपालगन्ज भन्सार सशस्त्र प्रहरी बल ४० नम्बर गुल्ममा डिएसपी नोराज बोहरा आएका छन । सर्लाही १० नम्बर गणमा डिएसपी निरंकर नाथ सुक्लाको सरुवा भएको छ शुक्रबार नेपालगन्ज ४० नम्बर गुल्म मै स्वागत र बिदाई एक दिनमा गरिएको हो ।
त्यस्तै एक बर्षमा नेपालगन्ज भन्सार सशस्त्र प्रहरी बल बाँके ४० नम्बर गुल्ममा प्रमुख भएर कार्यभार सम्हालेका सशस्त्र प्रहरी प्रमुख डिएसपी निरंकर नाथ सुक्लाको सर्लाही सशस्त्र प्रहरी बल १० नम्बर गणमा सरुवा भएको छ। जनताको माझमा असल छबीका लोकप्रिय डिएसपी सुक्लाको नेपालगन्ज भन्सार राजस्व ४० नम्बर गणमा बस्दा अर्बको राजस्व संकलन समेत गरिसकेका छन् । डिएसपी सुक्ला आए सगै नेपालगन्ज भन्सारमा हुने चोरी तस्करी क्यारिङ गर्ने हरु समेतलाई आफै सडकमै खटेर पक्राउ समेत गरेर धेरै पटक भन्सारमा मान्छे र समान बुझाएको पनि थिए डिएसपी सुक्लालाई देख्ने बितिकै समान क्यारिङ्ग गर्ने र तस्करीहरुको भागाभाग पनि भएको धेरै पटक मिडियाहरुमा समाचार पनि आएको थियो ।
संगठन भित्र अब्बल छवि बनाएका डिएसपी सुक्लाले जिल्लामा रहदा भन्सार छल्ने हरुलाई पक्राउ गर्न आफु पनि क्यारिङ गर्ने जस्तै गरेर लाखौं मुल्य बराबरको समान र मान्छेहरुलाई पक्राउ गरेर भन्सारमा बुझाउने काम गरेको स्थानीय रिक्सा चालक राजु रैदासले बताएका छ्न । सशस्त्र प्रहरी ४० नम्बर गुल्ममा प्रमुख भएर आएका डिएसपी नौराज बोहरा सशस्त्र प्रहरी गुल्म कपिलवस्तुबाट आएका हुन् ।