कार्तिक १५, धरान । प्रदेश नम्वर १ सरकारको आयोजना मा हुन लागिरहेको अन्र्तराष्ट्रिय चलचित्र महोत्सव धरानमा यही कार्त्तिक २९ गते देखी मङसिर २ गते सम्म हुने भएको छ ।

विविध भाषा संस्कृतिको सम्मान ,स्वच्छ सुखी र समुन्नत प्रदेश को पहिचान नारा सहित को महोत्सवमा १०० भन्दा बढी चर्चित कलाकारहरु, वरिष्ठ कलाकार, अभिनेता, अभिनेत्री, निर्माता, निर्देशकहरू चलचित्रकर्मीहरु धरान आउने भएका छन । मुल आयोजक समितीका अध्यक्ष प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की को
अध्यक्षतामा आज धरान को होटल गजुर प्यालेश मा सम्पन्न बैठक मा सोही मितिमा बिरगन्जमा पनि चलचित्र महोत्सव हुने र तयारी पनि नपुगेको कारण कार्त्तिक २१ गतेदेखी हुने भनिएको महोत्सव कार्त्तिक २९ गते को लागि सारीएको अध्यक्ष कार्किले बताउनु भयो ।
धरान फिल्म नगरि चलचित्रकर्मी को उर्बरभुमी, धेरै चलचित्रकर्मी हरु उत्पादन गरेकोले पनि महोत्सव धरानमा गरिएको र धरान लाई फोकस गरिएको अध्यक्ष कार्किको भनाइ थियो ।