कात्तिक १५, कास्की । पोखरा महानगरपालिका-८ आलुमाइला चोकस्थित धर्मेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय श्रेष्ठ समेत १० जनालाई नगद ३ लाख ५७ हजार ५ सय ५० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।