• २०८३ बैशाख २२ गते मङ्गलवार

महरालाई नेकपाको सुझावः सभामुख र सांसदबाट राजीनामा देऊ

पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ ।

                                                                          फाइल तस्बिर

महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

उनले भने, ‘प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञचार माध्यमहरुमा आएका समाचारहरु प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभा सदस्य पदबाटै राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनु पर्दछ भन्ने निर्णय गरेको छ ।’

दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सभामुख महरा नेकपाका प्रभावशाली नेता हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस